- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक ३० गते तद्अनुसार सन् २०२२ नोभेम्बर १६ तारिख बुधबार मार्गशीर्ष कृष्ण पक्षको अष्टमी तिथि अश्लेषा नक्षत्र ब्रम्हा योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२६ मा र सूर्यास्त साँझ १७:९ बजे हुनेछ । बुधाष्टमीव्रत, भैरवाष्टमी, गोरखकाली पूजा, साँझमा भैरवको उत्पति ।
आजको राशिफल
मेष – आजको दिन विगतका समस्या बल्झिन सक्छन् तर प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ र सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । पारिवारिक सुख शान्ति भने रहनेछ, शुभ समाचार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – मान महत्व बढ्ने र सौभाग्य वृद्धि हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ। विशेष योजनाहरू बन्नेछन् । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – परिश्रमअनुसारको फल प्राप्ति नहोला । उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – खर्च बढ्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – आयस्रोत बढ्नेछ । कर्ममा रुचि बढ्ला । आजको दिन सवारीसाधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनु हितकर रहला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्न सुक्छ । सुख वृद्धि हुनेछ । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ ।
कन्या – कर्मबल बढ्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – आजको दिन बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ, सचेत रहनुहोला । धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – जोखिमका बाबजुद काममा सफलता प्राप्त हुनेछ । तर आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख सुविधाको बस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला ।
धनु – आजको दिन आरोग्यता बढ्ने र रोकिएको काम बन्ने योग रहे पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दु:ख पाइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – आरोग्यता बढ्ने र प्रेमको बन्धन कसिलो हुने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद बन्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
कुम्भ – प्रेमभाव बढ्नेछ । परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्ला । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउन भने छोड्ने छैन । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – व्यस्तता बढ्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। धन बढ्नेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।
प्रतिक्रिया