जापानमा कोरोना महामारीको आठौँ लहरको खतरा

जापानमा कोरोना महामारीको आठौँ लहरको खतरा


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा शुक्रबार (१७ नोभेम्वर) ९३ हजार ५ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभरका कुल संक्रमित मध्ये १ सय ३३ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण घटेसँगै जनजीवन सामान्य बनाएको जापानमा फेरि कोरोना महामारीको आठौँ लहरले खतराको घण्टी बजाएको छ । अहिले विश्वभरका पर्यटकहरु धमाधम भित्रिन थालेको समयमा फेरि कोरोना संक्रमण बढेमा भर्खर उठ्न खोजेको पर्यटन व्यवसाय पुन: धराशयी हुनेछ ।

आज जापानको टोकियोमा एकैदिन ९ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दोस्रो नम्बरमा खानागावा प्रिफेक्चरमा ६ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । समग्रमा अघिल्लो दिनको तुलनामा आज प्राय: सबै प्रिफ्क्चरमा संक्रमित संख्या ह्वात्तै बढेको छ।

जापानमा आजसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका र भेन्टिलेटर वा सघन उपचार कक्षमा उपचार गराइरहेका २५८ जना गम्भीर बिरामी रहेका बताइएको छ ।