आजको पञ्चाङ्ग एवम् राशिफल (४ मङ्सिर २०७९ आइतबार, २० नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ मङ्सिर २०७९ आइतबार, २० नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ४ गते आइतबार तद्अनुसार सन् २०२२ नोभेम्बर २० तारिख मार्गशीर्ष कृष्ण पक्षको एकादशी तिथि ७:४१ पर द्वादशी तिथि हस्ता नक्षत्र प्रीति योग कौलव करण आनन्दादियोगमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२९ बजे र सूर्यास्त साँझ १७:८ बजे हुनेछ । उत्पत्तिका एकादशी व्रत ।

आजको राशिफल

मेष – बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ने योग छ, तर पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यात्रामा सफलता प्राप्त हुने दिन छ ।

वृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह वृद्धि होला । अप्ठ्यारो काम पनि बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – व्यस्तता बढ्नेछ । नयाँ सम्भावना देखिन्छ र शुभचिन्तकहरूले साथ दिनेछन् । विभिन्न अवसर पाइनेछ, तर आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – पराक्रम बढ्ने र सुख वृद्धि हुने योग छ । आशा उत्साह बढ्नेछ । तथापि, हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने यात्रामा पनि सफलता प्राप्त हुनेछ । सुख–शान्ति बढ्नेछ ।

सिंह – धन बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आरोग्यताका साथै कार्यक्षमता वृद्धि हुनेछ । आजको दिन भाग्य बलियो रहे पनि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । धन जनको पनि वृद्धि हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने योग छ । मान महत्व र आयस्रोत बढ्ला । रसविलासमा रुचि बढ्नेछ ।

तुला – लगानी बढ्नेछ । रोकिएको काम बन्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तको सहयोग र समर्थन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ ।

वृश्चिक – आजको दिन रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने कामको चापबाट पनि फुर्सद पाइनेछ । आयबल वृद्धि होला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – कर्मबल बढ्ने र भाग्योदयको समय छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैयापैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न पनि सक्छ। आर्थिक हित हुने काममा लाग्नु श्रेयष्कर रहला ।

मकर – आजको दिन सानातिना काममा अल्झिनुपर्ने योग रहे पनि भाग्यबल बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ सकारात्मक सोचबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – भागदौड बढ्नेछ भने मनग्गे धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । आज रसरागको भाव वृद्धि हुनेछ । विजयश्री मिल्ने छ ।

मीन – शुभता वृद्धिका कारण बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा भने खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ ।