चुनाव जितेमा मुस्ताङका योगेश गौचन संसदमा कान्छो सांसद बन्ने सम्भावना

चुनाव जितेमा मुस्ताङका योगेश गौचन संसदमा कान्छो सांसद बन्ने सम्भावना


मुस्ताङमा जारी मतगणनाको रुझान हेर्दा मुस्ताङका योगेश गौचन सबैभन्दा कान्छो सांसद बन्ने देखिएको छ ।

मुस्ताङमा आधा मतगणना हुँदा गौचनले एमालेका प्रेमप्रसाद तुलाचनालाई पछि पार्दै हालसम्म २०३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार १६५७ ले पछयाइरहेका छन् ।

हिमाली जिल्ला मुस्ताङमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उपस्थिति देखाएको छ । सो पार्टीका स्वदेश गुरुङले ४० मत ल्याएका छन् भने हालसम्म मतगणना भएको मध्ये मुस्ताङमा ४० मत बदर भएको छ।