प्रतिनिधिसभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।
राजनीतिक पाइला चालेको पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवत: प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् । वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सांसद बन्न सफल भएका हुन् ।
मुस्ताङको थासाङ गाउँपालिका चिसापानी निवासी योगेश गौचन राजनीतिसँगै सामाजिक सेवा, कृषि, होटल व्यवसाय र पर्यटन व्यवसायमा समेत सक्रिय छन् । युवा सांसद योगेशले भारतको बैंग्लोरस्थित एलाइन्स पुनमर सिटीबाट स्नातक तहको अध्ययन गरेका छन् ।
प्रतिक्रिया