आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर २०७९ मंगलबार, २२ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर २०७९ मंगलबार, २२ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष ६ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २२ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको त्रयोदशी तिथि ७:१० पर चतुर्दशी तिथि स्वाती नक्षत्र सौभाग्य योग भद्रा करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३१ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ ।

आजको राशिफल

मेष – दिन राम्रै छ । रोकिएका काम बन्नुका साथै नयाँ काम आरम्भ हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह हुन सक्छ । सामाजिक प्रतिष्ठा पाइने र शत्रु परास्त हुने योग छ । प्रेम र मित्रताको बन्धन कसिने छ । परिवारिक प्रेमभाव बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । मिठो भोजन प्राप्त होला ।

वृष – आरोग्यता र सौभाग्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्ने योग रहेकोले सावधान रहनु हितकर हुनेछ । राजनीतिक पहुँच बढ्नेछ । आज आर्थिक अभावले सताउन सक्छ, हितैसी मित्रहरूले साथ दिनेछन्। रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन हृदयमा प्रेमभाव वृद्धि हुने र शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । मानसम्मानमा चोट पुग्ने सम्भावना छ । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट आज धोका हुन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । समस्याको समाधान प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – आशा उत्साह जाग्नेछ । कार्यगति तथा पराक्रम वृद्धि हुनेछ । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – पराक्रमका साथै कार्यदक्षता बढ्नेछ । प्रेमभाव बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आजको दिन त्यति शुभकारी देखिँदैन । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । आफ्नै कमजोरीका कारण राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । परिवारका सदस्यको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । आज चोरिने वा ठगीमा परिने योग समेत रहेकोले सचेत रहनु हितकर होला ।

तुला – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ । दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

वृश्चिक – काममा सफलता प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । दाम्पत्य सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आय बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । उधारो लगाइएको धन उठ्ला । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तानले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढ्नेछ, तर स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – आजको दिन काममा सफलता मिल्ने योग भए पनि पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – दौडधुप बढ्नेछ । जोखिम पनि बढ्ला । आफन्तको साथ कमै मिल्नेछ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । धनलाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।