प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा, महोत्तरीमा रोचक भिडन्त

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा, महोत्तरीमा रोचक भिडन्त


४ गते सम्पन्न निर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।

कञ्चनपुर-१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।

माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन् । सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

यस्तै, मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ । महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको बेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन् भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा नं. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन् । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनभन्दा कापर १००८ ले अघि छन् ।

क्षेत्र नं. ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।