उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी भएका छन् । एमालेका रायमाझी १५२५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वीभन्दा २३५८ मत बढी मत ल्याए ।
उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले १२८९३ मतका पाएका छन् ।
त्यसैगरी स्वतन्त उम्मेदवार नेपाली कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले १०३७९ मत प्राप्त गरेका छन् भने मंगोलियन अर्गनाइजेशनले १४३० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ९१० मत पाएको छ ।
निर्वाचन क्षेत्र २ मा कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिका पर्छ । यस निर्वाचन क्षेत्रमा १ लाख १६ हजार ९६ मतदाता मध्ये ४४ हजार ८ सय ७५ मत खसेको थियो ।
प्रतिक्रिया