कैदभित्र लोकतन्त्रको बिम्ब !

कैदभित्र लोकतन्त्रको बिम्ब !


  • विश्व सिग्देल

अस्तिसम्म उम्मेदवार, एजेन्ट, कर्मचारीहरू मतपत्रको थुप्रो बीचमा राखेर मिलेरै छान्थे, गड्डी बनाउँथे, गन्थे, बीच-बीचमा गफगाफ हाँसोठट्टा हुन्थ्यो । त्यतिले नपुगेर तिहारको खालमा झुम्मिएर जुवा हेर्ने रमितेजस्तै रमिते पनि हुन्थे । कर्मचारीहरूले आफ्नो भागमा आएको चिया-चिउरा आलुचनाको तरकारी एजेन्ट, उम्मेदवारहरूलाई पनि ख्वाउँथे । बडो सौहार्द्धपुर्ण माहौल हुन्थ्यो ।

पछि कर्मचारीहरूले मात्र मतपत्र चलाए पनि सँगै बस्न पाउने शङ्कास्पद मतपत्रहरू हातमै लिएर छानबिन छलफल गर्न पाइनेसम्म भयो । आज तीन तहको तारजाली बाहिरबाट उम्मेदवार, एजेन्ट बाहिर र भित्र कर्मचारी मतपत्रको चाङ लिएर बस्नुपर्ने भएको छ ।

लाखौँ मत दुई घण्टामा गनेर टुङ्ग्याउने आडैको छिमेकीको अगाडि २०००/२५०० मत पानी ट्याङ्कीबाट खन्याउँदै गन्दा १५ दिन लाग्ने हाम्रो सत्तरीवर्षे लोकतन्त्रको उपहास पोहर लोकतान्त्रिक भनिएको अमुक स्वनामधन्य पार्टीमा देखिएकै हो । हाम्रो लोकतन्त्र पञ्चायती समयभन्दा अधोगतितर्फ धकेलिएको हो ? यो तस्बिर बाहिरका देशले देखे भने लाजमर्नु नहोला ?