भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले विजयको खाता खोल्यो

भीम रावलको गृह जिल्लामा एकीकृत समाजवादीले विजयको खाता खोल्यो


एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले विजयको खाता खोलेको छ ।

रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।