अदृश्य शक्तिको काम कति सूक्ष्म रूपमा सम्पन्न हुन्छ भन्ने तथ्यको एक रोचक दृष्टान्त काठमाडौंको क्षेत्र नम्बर ४ र चितवनको क्षेत्र नंं. २ मा देखियो । काठमाडौं ४ मा घण्ट चिन्हको उम्मेद्वारी नरहनुलाई प्रारम्भिक दिनमा सामान्य मानिएको भए पनि चुनावी परिणाम र त्यसअघिको परिस्थितिले त्यसो गर्नु नियोजित कर्म भएको पुष्टि गरेको छ ।
काङ्ग्रेसका नेताहरूले त त्यतिबेलै षडयन्त्रको आभाष पाएका थिए, जतिबेला गगन थापा एमसीसीको एक प्रवक्ताका रूपमा चिनिएका स्वर्णिम वाग्लेका निम्ति काठमाडौं ४ छोडेर सर्लाही ४ मा अम्रेशकुमार सिंहसँग भिड्न तयार भएका थिए । काठमाडौं र सर्लाही दुवै स्थानबाट एमसीसीका प्रवक्ताहरूलाई संसदेमा प्रवेश गराउने नियोजित प्रयास भएको थियो । तर काठमाडौं-४ मा घण्टको उम्मेदवार नभएकोतर्फ धेरैले ध्यान दिएका थिएनन् ।
जब चितवन २ मा काङ्ग्रेसको उम्मेदवार रहेका उमेश श्रेष्ठले केहीबेरका निम्ति आफ्नो निर्वाचन क्षेत्रमा आइदिन गगन थापालाई आग्रह गरे, त्यसपछि काठमाडौं ४ मा घण्टको उम्मेदवार नहुनुको रहश्य खुल्यो । लगातार तेह्र पटकभन्दा बढी उमेशले गगनलाई आग्रह गरेका थिए र, त्यसनिम्ति हेलिकोप्टरको व्यवस्था पनि उमेशले नै गर्ने भएका थिए । तर गगनले उमेशको अनुनय विनयलाई हरेक पटक लत्याइरहे, कहिले के बहाना त कहिले के गरेर गगनले उमेशको क्षेत्रमा मुख देखाउन अस्वीकार गरे ।
चितवन २ मा गगन जसलाई जिताउन चाहन्थे ती व्यक्तिचाहिँ काठमाडौं ४ बाट गगनलाई जिताउन चाहन्थे । यी दुईको गठजोडलाई तिनको आफ्नो इच्छाअनुरुप भएको मान्न नेपाली राजनीतिका जानकारहरू तयार छैनन् । एकै विरादरीका भएकोले भित्री समन्वयकर्ता पनि ‘एउटै’ भएको निष्कर्श निकालिएको छ ।
प्रतिक्रिया