- डम्बर निदाल, डडेल्धुरा
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरूवाती चरणबाट नै अग्रस्थानमा अग्रता बढाउँदै लगेका थिए ।
प्रधानमन्त्री देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरि डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सातौँ पटक निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । उनी चुनाव लड्न गुल्मीबाट डडेल्धुरा पुगेका हुन् ।
यसैगरी नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गरेका छन् । ३१८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको मतगणना सकिएसँगै प्रदेशसभा सदस्यको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५१ हजार ६ सय ६० मत खसेको भनिएको डडेल्धुरामा ५१ हजार २०३ मत मात्र गणना भएको छ ।
प्रतिक्रिया