नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।
उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तनहु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ३० हजार ६०४ मतसहित सांसदमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका किरण गुरुङले २५ हजार १३० मतमा चित्त बुझाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।
उता पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।। रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।
यसैगरी, नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । थानी ३४ हजार ६२५ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गरे । थानी योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्न सफल भएका छन् ।
यस्तै, रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।
प्रतिक्रिया