आजको पञ्चाङ्ग एवम् राशिफल (८ मङ्सिर २०७९ बिहीबार, २४ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ मङ्सिर २०७९ बिहीबार, २४ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष ८ गते बिहीबार तद्अनुसार सन् २०२२ नोभेम्बर २४ तारिख मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि अनुराधा नक्षत्र अतिगण्ड योग किंसतुघ्न करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:३३ मा भयो र सूर्यास्त साँझ १७:७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन ब्यस्तता बढ्नेछ भने रसरागमा आकर्षण वृद्धि होला । काममा सफलता प्राप्त हुनेछ । सुख वृद्धि होला । प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । वित्तादि लाभ पनि होला । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – भाग्योदयको समय छ । आरोग्यता र कार्यगति बढ्नेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यवसायमा प्रशस्तै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । आशा उत्साह थपिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा मन आकर्षित रहला ।

मिथुन – आरोग्यता बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने योग भए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।

कर्कट – आजको दिन प्रेमभाव बढ्नेछ र आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनुका साथै विरोधिमाथि विजय प्राप्त हुने समय छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ । विवादमा परिने योग पनि रहेकोले सचेत रहनुहोला। यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दिन शुभकारी छ । उत्साह र सामर्थ्य बढ्नेछ भने ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । ठूलबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । विभिन्न उपहार प्राप्त होला । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । रसराग वृद्धि हुनेछ ।

कन्या – आजको दिन आर्थिक तनाव समन हुने र शत्रुमाथि विजय प्राप्त हुने योग छ । मनोकूलको काम बन्नेछ । स्वास्थ्य सबल रहनेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । तर आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सावधान रहनुहोला । साझेदारीको काम बन्नेछ ।

तुला – मान-महत्व वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ होला । मिठो भोजन प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो रहे पनि स्वास्थ्यप्रति सजग रहनुपर्ने दिन छ ।

वृश्चिक – आरोग्यताका साथै भाग्यबल बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त होला । विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

धनु – समय उत्तम छ । सानै प्रयासले पनि महत्वपूर्ण काम बन्न सक्छ । मनोरञ्जनपूर्ण समय हुनाले पारिवारिक सुख मिल्नुका साथै मित्रजनको साथ रहला । अध्ययनअध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । दैनिक काममा सफलता मिल्नेछ । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

मकर – आयआर्जन बढ्नेछ । आशा उत्साह बढ्ला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । रसराग वा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला । यश वर्चश्व बढ्ला । आयस्रोत बढ्ला ।

कुम्भ – व्यस्तता बढ्नेछ । मनमा दोधारको अवस्था पैदा हुन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकारी हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।समस्याको समाधान प्राप्त हुनेछ ।