भक्तपुर क्षेत्र नं. २ मा काङ्ग्रेस नेता दुर्लभ थापा विजयी

भक्तपुर क्षेत्र नं. २ मा काङ्ग्रेस नेता दुर्लभ थापा विजयी


भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी बनेका छन् । नेकपा (एमाल)का महेश बस्नेतलाई थापाले ९५९ को मतान्तरले पराजित गरेका हुन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सोमध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् ।

भक्तपुर २ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।