गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी

गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार रहेका प्रचण्डलाई ३६ हजार १०३ मत प्राप्त भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत हासिल गरेका छन् । तेस्रो स्थानमा रहेका एमालेका अब्दुस सलाम मियालाई सात हजार तीन सय त्रियान्नब्बे मत प्राप्त भएको छ ।