गठबन्धनको उम्मेदवार डिनालाई पराजित गर्दै मकवानपुर १ मा राप्रपाका सिंह विजयी

गठबन्धनको उम्मेदवार डिनालाई पराजित गर्दै मकवानपुर १ मा राप्रपाका सिंह विजयी


मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंह २७ हजार आठ सय १६ मत प्राप्त गरी विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’भन्दा दुई हजार तीन सय ९३ बढी मत प्राप्त गरी राप्रपाका उम्मेदवार सिंह विजयी बनेका हुन् ।

नेपाली कांग्रेसकी उम्मेदवार उपाध्यायले २५ हजार चार सय २३ मत प्राप्त गर्दा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)को चुनाव चिह्न सूर्यबाट निर्वाचनमा भाग लिएका कमल थापाले २५ हजार चार सय २० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो निर्वाचन क्षेत्रमा ९१ हजार एक सय १५ मत खसेको थियो ।