धादिङ १ मा सत्ता गठबन्धनका राजेन्द्र पाण्डे विजयी

धादिङ १ मा सत्ता गठबन्धनका राजेन्द्र पाण्डे विजयी


धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । नेता पाण्डेले ३५ हजार नौ सय ३४ मत प्राप्त गरेका छन् ।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका छन् । दुई हजार ६ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार ६ सय १५ जनाले मतदान गरेका थिए ।