गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम


नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र रुपन्देही ३ का उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाण राप्रपाका नेता दीपक बोहराभन्दा पछि परेका छन् । कांग्रेसका प्रभावशाली नेतासमेत रहेका खाण ८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहराभन्दा पछाडि छन् ।

सुरुवाती चरणमा अग्रता कायम गरेका खाण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन् । खाणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।

३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ ।