नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो ।
भारतीय राजदूत श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको बताइएको छ ।
राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया