आजको पञ्चाङ्ग एवम् राशिफल (११ मङ्सिर २०७९ आइतबार, २७ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ मङ्सिर २०७९ आइतबार, २७ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं.२०७९ मार्गशीर्ष ११ गते तद्अनुसार सन् २०२२ नोभेम्बर २७ तारिख आइतबार मार्गशीर्ष कृष्ण शुक्ल चतुर्थी तिथि पूर्वाषाढ़ा नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा शुभ योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३५ मा र सूर्यास्त सांझ १७:७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन यात्रामा सफलता प्राप्त हुने भए पनि तपाईंसँग साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पूरा नहुन सक्छ । काममा कठिनाइ सहनुपर्ला, होसियारी पूर्वक काम गर्नुहोला । यातायातका साधनबाट पनि जोग्गिनु होला । मित्रभाव वृद्धि होला । मान महत्त्वमा बढोत्तरी होला । आमोद प्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आज दौडधुप बढ्नेछ । आयआर्जन सन्तोषजनक रहने छ भने पारिवारिक समस्या बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउबाट आम्दानी होला । सहयोगीहरूले काममा साथ दिनेछन् । अनौठो तरिकाबाट रुपैयापैसा प्राँप्त हुने दिन रहेको छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आरोग्यता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त होला । मन प्रफुल्ल रहनेछ । आर्थिक लाभ हुने दिन छ । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ, यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सावधानीपूर्वक व्यवहार गर्नुहोला । अनायसै रुपैयापैसाको क्षति हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिएला । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् विचार गर्नु होला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आजको दिन मिश्रित परिणामदायी रहनेछ । नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मानसम्मान पनि पाइएला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर रहला ।

कन्या – व्यस्तता बढ्नेछ । पारिवारिक सुख शान्ति रहला । सोचेको काम बन्नाले मन हर्षित हुन्छ, मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – सामान्यतया दिन राम्रै छ । उत्साह बढ्नेछ । रसरागमा रुचि बढ्ला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन, सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखापर्ने देखिन्छ । खर्चमा वृद्धि हुनेछ ।

वृश्चिक – काममा सफलता प्राप्त हुने र मान–महत्व बढ्ने दिन भए पनि स्वास्थ्यमा गडबडी हुन सक्ने भएकोले खानपानमा विशेष सावधान रहनुहोला । घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ भने भौतिक साधनको क्षति हुने दिन छ । आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जान सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – आरोग्यता बढ्नेछ । कार्य क्षमता वृद्धि होला । सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ । ब्यापार ब्यावसायबाट राम्रो लाभ लिन सकिन्छ । खेतीपातीको कामबाट पनि राम्रो लाभ लिन सकिन्छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – उत्साहवर्द्धक समय छ । रमाइलोसँग दिन बित्ला । प्रशंसकहरू बढ्नेछन् । ब्यापार ब्यावसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ साथै धनलाभ हुनेछ । काम गर्न जाँगर चल्नेछ, कार्यक्षमता बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – आयबलका साथै परिवारिक सुख बढ्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । अवसर आए पनि विचारेर मात्र नया काम सुरु गनु होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल बढ्ने देखिए पनि आफन्तको साथ कमै मिल्नेछ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । आज अनावश्यक खर्च हुन सक्छ । काम गर्नमा खासै मन नजाला । समस्याको समाधान मिल्नेछ ।