माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी १ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।
महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।
यस्तै, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कांग्रेस नेता डम्बरबहादुर खड्कालाई पराजित गरेर इलाम २ बाट प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट ०७४ मा पनि नेम्वाङ नै निर्वाचित भएका थिए ।
प्रतिक्रिया