आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मङ्सिर २०७९ सोमबार, २८ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ मङ्सिर २०७९ सोमबार, २८ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १२ गते सोमबार तद्अनुसार सन् २०२२ नोभेम्बर २८ तारिख मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि उत्तराषाढा नक्षत्र वृद्धि योग बब करण १:५७ पर कौलव करण आनन्दादियोगमा मृत्यु योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३६ बजे र सूर्यास्त साँझ १७:६ बजे हुनेछ । विवाह पञ्चमी, जनकपुरमा सीता विवाह पञ्चमी मेला, आबाल ब्रह्मचारी षडानन्द जयन्ती ।

आजको राशिफल

मेष – आज आरोग्यता वृद्धि होला तर व्यक्तिगत काममा समय र धन खर्च हुने योग छ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनुहोला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । बौद्धिक र सृजनात्मक काममा भने सफलता मिल्नेछ ।

वृष – सौभाग्यका साथै कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तर नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईंले अरुलाई गरेको बाचा पूरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचेजति फाइदा हुने छैन । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । आशा उत्साह बढ्नेछ ।

मिथुन – साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्य वृद्धि हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आशा उत्साह बढ्ने दिन छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । नयाँ सम्भावना देखापर्नेछ ।

सिंह – आजको दिन जोखिम बढ्न सक्छ । हातहतियारबाट जोगिनुपर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसँग मनमुटाव हुनसक्छ ।

कन्या – आजको दिन काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मानसम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ ।

तुला – व्यस्तता बढ्नुका साथै रोकिएको काम बन्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । दिन मनोरन्जन का साथ बित्नेछ ।

वृश्चिक – दिन मनोरञ्जनात्मक रहला । प्रेम सम्बन्धमा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्नेछ, साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – आज देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ । स्वास्थ्यले साथ नदिन सक्छ सावधान रहनुहोला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनुहोला, सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाउमा धनको नाश हुने दिन छ । आर्थिक त हुने काममा लाग्नु हितकर रहला ।

मकर – आरोग्यबल बढ्नेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – रसरागको भाव वृद्धि हुने दिन छ । व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । काममा सफलता मिल्नेछ ।

मीन – आज सुख-सुविधा बढ्ला र, आर्थिक काम पनि बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने समय छ । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट् सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।