धनुषा ४ मा यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी

धनुषा ४ मा यादवलाई झिनो मतले हराउँदै महासेठ विजयी


नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा धनुषा ४ बाट विजयी भएका छन् । यो विजयपछि महासेठले तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई सय ३६ मत प्राप्त गरे भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई ३२ हजार ११२ मत प्राप्त भयो ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनले संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए भने २०७४ सालमा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा धनुषा ४ बाट उनी विजयी बनेका थिए ।