आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०७९ बिहीबार, १ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ मङ्सिर २०७९ बिहीबार, १ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १५ गते बिहीबार तद्अनुसार सन् २०२२ डिसेम्बर १ तारिख मार्गशीर्ष शुक्ल पक्षको अष्टमी तिथि ११:३८ पर नवमी तिथि शतभिषा नक्षत्र १०:५८ पर पूर्वाभाद्रपद नक्षत्र हर्षण योग बालव करण आनन्दादियोगमा बज्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३८ बजे र सूर्यास्त साँझ १७:६ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – आजको दिन अप्रिय समाचारले मन खिन्न रहला । आफू कमजोर भएको अनुभूति हुनेछ । तथापि, आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आज कर्मबल बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्न सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । तर, मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ, बोली र व्यवहारमा होस राख्नुहोला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – नयाँ सम्भावनाको दिन भए पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ । साझेदारीको काममा सफलता मिल्नेछ । मिठो भोजको अवसर प्राप्त होला ।

कर्कट – आजको दिन ब्यस्तता बढ्नेछ, साथै आशा उत्साह पनि थपिनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ, सचेत रहनुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका अन्य काम पनि बन्नेछन् ।

सिंह – आनन्द बढ्ने र आफन्तसित भेटघाट हुने दिन छ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कतै अतिथिका रूपमा सम्मान पाइएला । रमाइलो यात्राको समेत मौका छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

कन्या – आरोग्यता बढ्ने र कार्यक्षमता वृद्धि हुने दिन भए पनि आज इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । रसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – आजको दिन निरनसनमै बित्ने सम्भावना छ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । स्वादिष्ट भोजनको प्राप्ति होला । स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – दिन राम्रो छ, अनुकूल समय छ । प्रेमभाव बढ्नेछ । काम गर्दा धैर्य र विवेक पुर्‍याएर गरे उन्नत प्रतिफल मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्नु उध्त्तम हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । आफन्तको सहयोग बढ्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – पराक्रम वृद्धि हुनेछ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानी साथ जुट्नुपर्नेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि पधन आर्जन गर्ने मौका छ । शारीरिक र आर्थिक उन्नति हुने काममा लाग्नु फलदायी रहनेछ ।

मकर – आज स्वास्थ्य कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक सुख प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ ।

कुम्भ – आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ ।

मीन – बौद्धिक र रचनात्मक कार्य बन्ने दिन छ । मन अनुकूलको काम बन्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।