परिवारसहित सुकुटे पुगे प्रचण्ड

परिवारसहित सुकुटे पुगे प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

परिवारका सदस्यसहित पार्टीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सुकुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै त्यहाँ पुगेका हुन् ।

बुधबारको बास सुकुटेमै बिताउने गरी पुगेका प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेको छ । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।

यस्तै, हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।

  • तस्बिर सौजन्य : श्रीधर न्यौपाने