वडाध्यक्ष जोशीको निधन

वडाध्यक्ष जोशीको निधन


डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । हृदयघातका कारण जोशीको निधन भएको हो ।

पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काका अनुसार बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो । हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा. सोहन शाहले पुष्टि गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जोशी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।