आजको पञ्चाङ्ग एवम् राशिफल (१६ मङ्सिर २०७९ शुक्रबार, २ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ मङ्सिर २०७९ शुक्रबार, २ दिसम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १६ गते तद्अनुसार सन् २०२२ दिसम्बर २ तारिख शुक्रबार मार्गशीर्ष कृष्ण शुक्ल नवमी तिथि ९:५४ पर दशमी तिथि पूर्वाभाद्रपद नक्षत्र ९:५४ पर उत्तरा भाद्रपद नक्षत्र वज्र योग तैतिल करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:३९ मा र सूर्यास्त साँझ १७:६ बजे हुनेछ ।

आजको राशिफल

मेष – लगानी तथा खर्च बढ्नेछ । शुभ समाचार प्राप्त हुने दिन छ । तर छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तापनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । धैर्यले काम लिने प्रयास गर्नुहोला । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने र नयाँ सम्भावना देखापर्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – काममा सफलता मिल्ने र आयबल बढ्ने दिन छ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । आज यात्राको सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधनसमेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – कर्मबल वृद्धि हुने र समस्याको समाधान प्राप्त हुने योग छ । यात्रामा पनि सफलता प्राप्त होला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन पनि सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने अवस्था पनि आउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – भाग्यबल बढ्ने योग भए पनि सहयोगी वा विश्वास गरेका पात्रको मात्र आज भर नर्पुहोला । अलि दुविधामा परिने र निर्णायक क्षमतामा कमी आउने दिन छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । शुभ काममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – जोखिम र व्यस्तता वृद्धि हुने दिन भए पनि सौभाग्य र कार्यगति बढ्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आम्दानी बढ्ने र रोकिएको धन प्राप्तिको योग छ । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आज आरोग्यता बढ्नुका साथै बौद्धिक प्रतिष्पर्धमा विजयी बनिएला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । सन्तानबाट सुख प्राप्त हुनेछ । कुनै पनि समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन स्वास्थ्यमा समस्याको अनुभूति होला । तर, जिम्मेवारी भने बढिरहनेछ । सहयोगको आशा देखाउनेहरूबाटै धोका प्राप्त हुन सक्छ, होसियार रहनुहोला । लेनदेनमा विवाद आउने योग रहेकोले होसियारी अपनाउनु हितकर हुनेछ । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । सफलताको लागि योजना र बजेट बनाइ काम गर्नुहोला ।

वृश्चिक – प्रेमभाव बढ्ने र दाम्पत्य सुख वृद्धि हुने दिन छ । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग पनि छ । केही मात्रामा खर्च बढ्नेछ भने आलस्य जाग्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – व्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काममा सफलता मिल्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । आफन्तको सहयोगले काम बन्नेछन् र, विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला ।

मकर – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन भए पनि व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – महत्व बढ्नेछ र परिवारिक सुख बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । तर स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । भाग्योन्नतिको योग छ र पनि अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा पनि त्यत्ति फाइदा नहोला । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्यता र आनन्द बढ्नेछ । विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । समस्याको समाधान मिल्नेछ । प्रेमबन्धन कसिनेछ ।