आजको पञ्चाङ्ग एवम् राशिफल (१७ मङ्सिर २०७९ शनिबार, ३ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ मङ्सिर २०७९ शनिबार, ३ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष १७ गते शनिबार तद्अनुसार सन् २०२२ डिसेम्बर ३ तारिख मार्गशीर्ष शुक्ल पक्षको दशमी तिथि ८:३१ पर एकादशी तिथि उत्तरा भाद्रपद नक्षत्र ९:१० पर रेवती नक्षत्र सिद्ध योग वणि करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४० बजे र सूर्यास्त साँझ १७:६ बजे हुनेछ । कीर्तिपुरमा इन्द्रायणी यात्रा, विश्व अपाङ्ग दीवस ।

आजको राशिफल

मेष – आजको दिन बोलीको भरमा काम सम्पादन हुने योग छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र निजी काममा पनि फाइदा मिल्नेछ। बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ने अनि इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आयमूलक कार्य बन्ने तथा कर्मबल बढ्ने समय छ, तर आजको आम्दानी सञ्चित नहुन सक्छ । धेरै श्रमपछि कम मात्र प्रतिफल मिल्ला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन् । आशा उत्साह बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – आजको दिन मिश्रित फल दिने किसिमको छ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि रहला । दायित्व बढ्नेछ । परिवारजनमा खर्च वृद्धि होला । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । आफ्नो कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – भाग्यबल बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक अनि रोकिएका काम बन्नेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा राम्रै प्रगति होला । प्रतिष्ठित काम गर्ने मौका छ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला । आनन्द वृद्धि होला ।

सिंह – दिन शुभकारी छ । आफन्तसित भेटघाट होला । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट धनलाभ हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन राम्रो छ, उत्साहपूर्ण किसमले बित्ला । आरोग्यता रहनुका साथै कार्यक्षमता वृद्धि हुनेछ । परिवारमा सुख–सन्तोषको माहोल बन्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सुखद समाचार सुन्न पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – रोकिएको काम बन्ने र कार्यक्षेत्रमा सफलता मिल्ने योग भए पनि सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । कुनै नयाँ कार्यमा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – आजको दिन प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछ । इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा होला । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – ब्यस्तता बढ्नेछ । समस्याको समाधान गर्ने क्षमता प्रवल रहला । मनोकूलको काम बन्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।आर्थिक अभावले भने अलिक सताउनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु फलदायी हुनेछ ।

मकर – आज भाग्योन्नतिको समय छ । आरोग्यबल बढ्नेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ। आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आरोग्य बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्रा सम्भावना छ । आम्दानी बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । केही बाध्यताका काममा पनि जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्नेछ भने सुखशान्ति बढ्ला ।

मीन – आरोग्यता बढ्नेछ । मनअनुकूलको काम बन्नेछ तर पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । खर्च बढ्नेछ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्धमा सुधार होला । मीठो भोजन मिल्नेछ । भाग्यवर्द्धक काममा आकर्षण बढ्ला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।