आजको पञ्चाङ्ग एवम् राशिफल (१८ मङ्सिर २०७९ आइतबार, ४ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ मङ्सिर २०७९ आइतबार, ४ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष १८ गते आइतबार तद्अनुसार सन् २०२२ दिसेम्बर ४ तारिख मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि ७:३२प उ द्वादशी तिथि रेवती नक्षत्र ८:५० पर अश्विनी नक्षत्र व्यतिपात योग २:४० पर वरियान योग बब करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा मीन राशिमा ८:५० बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ६:४० मा र सूर्यास्त साँझ १७:६ बजे हुनेछ । मोक्षदा एकादशी व्रत, गीताजयन्ती ।

आजको राशिफल

मेष – आजको दिन शिक्षा, ज्ञान, विवेकसँग सम्बन्धित कार्यका अवसरहरू प्राप्त हुनेछन् । आरोग्यबल वृद्धि हुनेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । स्वास्थ्यका लागि खानपानमा विचार राख्नुहोला । नयाँ काम पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – लगानी बढ्नेछ भने काममा सफलता मिल्नेछ । गरिएका कामको प्रतिफल राम्रै मिल्नेछ । आज चरित्रसम्वन्धी आरोप आउन सक्ने योग रहेकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । यात्राको अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । सन्तानसुख मिल्नेछ । साहससम्बन्धित काम बन्नेछ ।

मिथुन – घर-परिवारका सदस्यहरूसँग मतभेद बढ्न सक्छ, अत्यन्त सावधान रही व्यवहार गर्नुहोला । अध्ययन तथा अध्यापनमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुनसक्छ त्यसैले निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । प्रेममा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कर्मबल बढ्नेछ भने आरोग्यता पनि वृद्धि हुनेछ । आज बलभन्दा बुद्धिको काममा जोडदिनु हितकर हुनेछ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – मिश्रित फल दिने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । भाग्यले साथ नदिने, विश्वासघात हुने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रिया सहजै पार होला । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद एवम् भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

कन्या – दौडधुप बढ्नेछ । प्रतिष्पर्धी वा शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । सोचेको समयमा सम्पादन गर्न नसकिएला । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा पनि कमी आउला । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – काममा सफलता मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । तर स्वास्थ्यसम्बन्धी समस्या आइपर्न सक्ने योग रहेकोले खानपानमा सजक रहनुहोला । गोपनियतालाई ध्यान राख्नुहोला । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसंग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । मिठो भोजन खान पाउनु हुनेछ । बोलीको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यता वृद्धि भए पनि अन्य पक्षबाट दिन औषत छ । दाम्पत्य सम्बन्धमा असमझदारी तथा विवाद पैदा हुन सक्छ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित रहला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । प्रेमको बन्धन भने कसिने बेला छ । बोलीको भरमा काम सम्पादन हुने योग छ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहने भए पनि काममा खास ध्यान नदिँदा आलोचनाो शिकार शिकार बन्नुपर्नेछ । आरोग्यता बढ्नेछ । आर्थिक उपार्जनका दृष्टिले दिन सफल रहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – व्यस्तता बढ्नेछ । आज मिठो भोजनको अवसर मिल्ला । रसराग वा प्रेममा सफलता मिल्नेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । आफन्तजनको साथ मिल्नेछ ।

कुम्भ – आज स्वास्थ्यप्रति विशेष सावधान रहनु हितकर हुनेछ । आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने येग पनि छ, टार्ने कोशिस गर्नु उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा खटपट हुनसक्छ । प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयता अपनाउनु बुद्धिमानी हुनेछ । कतैबाट शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ ।

मीन – आज स्वस्थ्य-समस्याले सताउन सक्छ, सावधान रहनुहोला । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि नहोला । अरुको विश्वास भने सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।