स्याङ्जा २ मा कांग्रेसका गुरुङ निर्वाचित

स्याङ्जा २ मा कांग्रेसका गुरुङ निर्वाचित


स्याङ्जा २ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी बनेका छन् ।

शनिबार राति सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार ६ सय २७ मतान्तरसहित विजयी भएका छन् । उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरेकी छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन् ।

स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी बनेका छन् । भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठलाई १७ हजार दुई मत प्राप्त भएको छ ।