अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा


अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए ।

खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।

खेलको ७८औँ मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औँ मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे ।

अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै बिदा भइसकेका थिए ।