आजको पञ्चाङ्ग एवम् राशिफल (१९ मङ्सिर २०७९ सोमबार, ५ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ मङ्सिर २०७९ सोमबार, ५ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं.२०७९ मार्गशीर्ष १९ गते तद्अनुसार सन् २०२२ डिसेम्बर ५ तारिख सोमबार मार्गशीर्ष कृष्ण शुक्ल द्वादशी तिथि ७:१ पर त्रयोदशी तिथि अश्विनी नक्षत्र ८:५८ पर भरणी नक्षत्र परिघ योग कौलव करण आनन्दादिमा राक्षस योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४१ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । सोमप्रदोषव्रत ।

आजको राशिफल

मेष – आजको दिन त्यति शुभदायी नदेखिँदा धैर्यले काम लिनु हितकर हुनेछ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने योग छ । खर्च बढ्नेछ भने केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ने सम्भावना छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानको साथ मिल्नेछ ।

वृष – लगानी बढ्नेछ भने कठोर मिहिनेतले मात्र काममा सफलता मिल्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । व्यवसायमा फाइदै हुनेछ । आज यात्राको योग छ तर यात्रा शुभदायी नहोला, धनमाल हराउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आयबल वृद्धि हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ, सचेत रहनुहोला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कर्मबल बढ्नेछ । शुभदायी काममा आकर्षण बढ्ला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नतिको पनि योग छ ।

सिंह – कर्ममा रुचि बढ्ने दिन छ । समय सामान्य तथा स्वभाविक रहला । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्ने योग छ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – नयाँ काममा जोखिम बढ्ने तथा खर्च वृद्धि हुने देखिए पनि समस्याको सहज समाधान मिल्ने दिन छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दामामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने छ । पारिवारिक सुख शान्ति र पराक्रम बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

तुला – आरोग्य र उत्साह बढ्नेछ । फलदायी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । रसरागमा रुचि बढ्नेछ । आजको दिन योजना र बजेट बनाइ काम गर्दा विशेष लाभ मिल्नेछ ।

वृश्चिक – आरोग्यता बढे पनि सामान्य कार्यको लागि धेरै मिहेनत गर्नुपर्ने समय छ । कार्यमा सफलता भने प्राप्त हुनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । योजना र बजेट बनाएर मात्र आर्थिक व्यवहार गर्नु उपयुक्त हुनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ भने आश मारेको काममा पुन: उत्साह जागृत हुनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । रोकिएको काम बन्ने योग छ भने प्रयत्न गर्दा उधारो लगाइएको धन पनि उठ्ने सम्भावना उच्च छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तान सुख बढ्ला ।

मकर – दिन उत्साहपूर्ण रहला । कार्यक्षमता बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ भने नयाँ जिम्मेवारी प्राप्तिको योग छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आइपरेको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आजको दिन परिवारिक सुख बढ्नेछ भने काममा पनि सफलता मिल्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिभाको कदर हुनेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – समृद्धि बढ्नेछ भने वार्तामा सफलता मिल्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । तपाईंको श्रमको पनि उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।