आजको पञ्चाङ्ग एवम् राशिफल (२४ मङ्सिर २०७९ शनिबार, १० डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ मङ्सिर २०७९ शनिबार, १० डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४३ वि.सं. २०७९ मार्गशीर्ष २४ गते शनिबार तद्अनुसार सन् २०२२ दिसेम्बर १० तारिख पौष कृष्ण पक्षको द्वितीया तिथि आर्द्रा नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:४५ मा र सूर्यास्त साँझ १७:७ बजे हुनेछ । मानव अधिकार दिवस ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि हुनेछ र साहसिक काममा मन जाला । परोपकारका क्षेत्रमा पनि विशेष आकर्षण रहला । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्नेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आजको दिन सवारी साधन तथा कुनै भौतिक सामग्रीका लागि धन खर्च हुने योग छ । कार्यगति बढ्नेछ तर कामको उचित फल प्राप्त हुन मुस्किल देखिन्छ । सवारीसाधन चलाउँदा विशेष विचार पुर्‍याउनुहोला । खानपानमा पनि सचेत रहनुपर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आज आरोग्यता र कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने समय छ । प्रेममा आकर्षण बढ्ला । ठुला ब्यक्तिसँग भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइएला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आनन्द बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पुराना कामहरु आज सम्पन्न हुन सक्छ । काम गर्ने हौसला मिल्नेछ । आयआर्जन हुने समय छ । यात्राको संभावना पनि देखिन्छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – सामर्थ्य बढ्ने योग भए पनि आज कुनै पनि नयाँ काम नथाल्नुहोला । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ । टाढाको यात्रा हुन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसराग वृद्धि होला ।

कन्या – आजको दिन कर्मबल बढ्नेछ तर सहयोगीहरूले साथ दिए पनि कार्य सम्पन्न हुन कठिन पर्ला । स्वास्थ्य पनि सबल रहनेछैन । खानामा ध्यान पुर्‍याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – शुभता बढ्नेछ भने काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला । आहारविहारमा चाहिँ विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – मिहिनेत र जोखिम बढ्ने दिन छ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आरोग्यता र समृद्धि बढ्नेछ । साझेदारीको काम बन्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्नेछ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।

मकर – आजको दिन खास कुनै उपलब्धि बिना नै बित्ने देखिन्छ । ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने योग छ भने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेका ब्यक्तिले नै धोका दिन सक्छन् । । रसरागमा मन जाने छ ।

कुम्भ – आज मन दुविधाग्रस्त भए पनि कार्य क्षमता वृद्धि हुनेछ । सामाजिक काममा नाम रहला । जागिरमा भने सजक रहनुपर्ने दिन छ । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ । प्रेमभाव बढ्नेछ । पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मीन – ब्यस्तता र पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । सुख शान्ति बढ्नेछ । यश वर्चश्व बढ्ला ।