यी हुन् माओवादीका चौध र एमालेले पठाएको चौंतिस समानुपातिक सांसदको नाम

यी हुन् माओवादीका चौध र एमालेले पठाएको चौंतिस समानुपातिक सांसदको नाम


नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

यस्तै, आदिवासी जनाजति महिलामा दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।

यस्तै, नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । शनिबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाहीको नाम रहेको छ भने महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहेका छन् ।

दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहेका छन ्। मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकीको नाम पठाइएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।