आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०७९ सोमबार, १२ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०७९ सोमबार, १२ दिसम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २६ गते सोमबार तद्अनुसार सन् २०२२ दिसेम्बर १२ तारिख पौष कृष्ण पक्षको चतुर्थी तिथि तिष्य नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:४६ मा र सूर्यास्त साँझ १७:८ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – ब्यस्तता वृद्धि हुनेछ । काममा सफलता प्राप्त हुनेछ भने यात्रापरक काममा आकर्षण रहला । सुख वृद्धि हुनेछ । मनोरञ्जनपूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रशन्नता मिल्ने दिन छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । मान, सुख बढ्नेछन् । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम र कार्यगति बढ्नेछ । रचनात्मक काममा सफलता मिल्ने दिन छ । काममा मन जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान् । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । धननाश हुने योग छ । अनावस्यक झमेलामा समेत पर्न सकिनेछ । खानपानमा सावधान रहनुहोला । बौद्धिक र रचनात्मक काममा चाहिँ सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज आरोग्यता र आनन्द बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – लगानी तथा खर्च बढ्नेछ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कन्या – आयबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पैसो कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ति पाहिने छ । लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ ।

तुला – कर्मबल बढ्नेछ तर व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मनमा चिन्ता बढने योग छ । आज धनमाल हराउन पनि सक्छ। सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । तर भाग्यले खासै साथ दिनेछैन । खर्च बढ्ने लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला ।

धनु – दौडधुप र जोखिम बढ्ने दिन छ ।साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । बचत हुने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आरोग्यता बढ्नेछ । आशा उत्साह बढ्ला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । कार्यमा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ – आजको दिन पराक्रम बढ्नेछ । कार्यक्षमता वृद्धि होला । आगो र मेसिनरी सामग्रीबाट भने जोगिनुपर्ने देखिन्छ । वादविवादको सामना हुन सक्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्् । परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – प्रेमभाव र पराक्रम वृद्धि हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ होला । व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।