– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २७ गते तद्अनुसार सन् २०२२ दिसम्बर १३ तारिख मंगलबार पौष कृष्ण पक्षको पञ्चमी तिथि अश्लेषा नक्षत्र वैधृति योग गरकरण आनन्दादिमा आनन्द योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४७ मा र सूर्यास्त साँझ १७:८ बजे हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन ब्यस्तता बढ्ला । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिने छन् । आज कीर्तिमानी काम सम्पादन हुन सक्ने तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । शत्रुमाथि भने विजयप्राप्ति हुनेछ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आज आरोग्यता र पराक्रम बढ्नेछ । काममा सफलता मिल्नेछ । तपाईंका कर्मबाट अरुले पनि लाभ पाउनेछन् । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – धनबल वृद्धि समस्याको समाधान प्राप्त हुने दिन छ । एउटै कामबाट दाहोरो लाभ मिल्न सक्छ । आज बनेका विशेष योजना कार्यान्वयनमा जाने प्रवल सम्भावना रहेकोले नयाँ कामको थालनी शुभदायी नै रहला । नयाँ ज्ञान सिक्ने मौका छ । आत्मीयजनसँग भेटघाट होला । यात्रामा सफलता प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आज आरोग्यता बढ्नेछ तर पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा भने आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला । मिठो भोजन प्राप्त हुनेछ ।
सिंह – लगानी र कार्यदक्षता बढ्नेछ । घरमै बसेर धेरै काम सम्पादन गर्न सकिनेछ । कार्यगति बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिने योग छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । यात्रामा सुख-आनन्द बढ्ला मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।
कन्या – आय बढ्नेछ भने सौभाग्य वृद्धि होला । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । रचनात्मक काममा सफलता मिल्नेछ । कार्यगतिका साथ समस्याको समाधान मिल्नेछ ।
तुला – कर्मबल बढ्ने योग रहेकोले मनोकूलको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ भने दखाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनतले विशेष रंग देखाउला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – सौभाग्य वृद्धि हुनेछ । आरोग्यता पनि रहला । काममा सफलता प्राप्त हुनेछ । कसैबाट अस्वभाविक प्रलोभन मिल्न सक्छ, तर प्रलोभनबाट बच्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । सुख–सुविधाको सामग्रीमा खर्च हुन सक्छ । शत्रुमाथि विजय प्राप्त होला ।
धनु – दौडधुप बढ्नेछ भने कार्यक्षमता वृद्धि होला । तर श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पूरा नहुन सक्छ र पनि उत्साहजनक समाचारले हर्ष बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।
मकर – प्रेमभाव बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने दिन छ । पारिवारिक सुख बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आयस्रोत बढ्ला ।
कुम्भ – आरोग्यता र परिवारिक सुख बढ्नेछ । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । आज गरेका कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता पाउनुसँगै सन्तानबाट सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – प्रेमभाव बढ्ने दिन भए पनि आफन्तको साथ कमै मिल्ने योग छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । यसका बाबजुद वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।
प्रतिक्रिया