आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०७९ बुधबार, १४ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०७९ बुधबार, १४ दिसम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २८ गते बुधबार तद्अनुसार सन् २०२२ दिसेम्बर १४ तारिख पौष कृष्ण पक्षको षष्ठी तिथि मघा नक्षत्र विषकुम्भ योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:४७ मा भयो र सूर्यास्त साँझ १७:९ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन राम्रो छ । प्रेमभाव वृद्धि हुनेछ भने यात्रापरक काममा आकर्षण बढ्नेछ । सभा–समारोहमा भाग लिने मौका जुर्नेछ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आज ब्यस्ततासँगै कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । विद्यार्थी वर्गका लागि पढाइमा सुधार हुने दिन छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम बढ्नेछ तर आर्थिक अभावले सताउन सक्छ । कार्यक्षमता वृद्धि हुने कारण आज बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । विश्वास गरेकाले धोका दिन सक्छन्, सचेत रहनुहोला । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – प्रयासरत काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आज आर्थिक अभावले अलिक सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्य समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आरोग्यता बढ्नेछ भने ऋण र शत्रुमाथि पनि विजय प्राप्त हुने योग छ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । नाताकुटुम्बको सहयोग प्राप्त होला । व्यापार–व्यवसाय विस्तार हुनेछ । कृषिकर्मबाट पनि विशेष लाभ हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आजको दिन शुभदायी छ । मनोकूलको काम बन्नेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट पनि सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् भने बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – काममा सफलता मिल्नेछ भने आज आयबल बढ्ला । मान सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको पनि योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने भए पनि धेरै परिश्रमबाट थोरै मात्र लाभ मिल्ने योग छ । आज घरखर्च पनि बढ्नेछ । दाम्पत्य जीवनमा असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । तथापि, कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – साझेदारीको काममा सफलता मिल्ने दिन छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । तर स्वास्थ्य समस्याले सताउन सक्छ, विशेष ध्यान राख्नुहोला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला ।

मकर – आज कामको लागि दौडधुप बढ्न सक्छ, तर परिश्रम खेर नजाला । सन्तानसुखको योग छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।भने कृषि र पशुपालनबाट फाइदा होला । उपलब्धिमूलक यात्रा होला । काममा उत्साह जाग्नेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – कार्यक्षमता वृद्धि हुनेछ । पराक्रम बढ्नेछ । प्रयासरत काम बन्नेछ । मान प्रसंशा बढ्ला । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आरोग्य वृद्धि भए पनि आज पारिवारिक समस्याहरू देखा पर्न सक्छ । मित्रजनसँग मनमुटाव हुने सम्भावना रहेकोले सतर्क भएर व्यवहार गर्नुहोला । विश्वासमा पारेर धोका दिनेहरु सक्रिय रहन सक्छन् । लगानी गर्ने अवसर जुट्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।