आजको पञ्चाङ्ग एवम् राशिफल (२९ मङ्सिर २०७९ बिहीबार, १५ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ मङ्सिर २०७९ बिहीबार, १५ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २९ गते बिहीबार तद्अनुसार सन् २०२२ दिसम्बर १५ तारिख पौष कृष्ण पक्षको सप्तमी तिथि पूर्वाफाल्गुणी नक्षत्र प्रीति योग भद्रा करण ५:३पर बालव करण आनन्दादियोगमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४८ बजे र सूर्यास्त साँझ १७:९ बजे हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता र आनन्द वृद्धि हुनेछ । आज इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने मौका मिल्ला । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – पराक्रम वृद्धि हुनेछ भने हिम्मतले काम लिने समय छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । रसरागमा रुचि बढ्नेछ । सुख सुविधाको बस्तु बढ्नेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । घरमा सुख–समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

कर्कट – मान-महत्व बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । तर केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नहोला । आर्थिक अभावले भने अलिक सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – आज आरोग्यता वृद्धि हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिने योग छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । ऋण र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – दिन राम्रो छ । परिवारिक सुख वृद्धि हुनेछ । भाग्यबल बढ्नेछ । श्रमको उचित मूल्यांकन होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । मान महत्व बढ्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुची बढ्नेछ ।

तुला – आज आयबल बढ्नेछ भने रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । आम्दानीका विभिनन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिनेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रसन्न रहला ।

वृश्चिक – आज धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिन्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । तथापि, समस्याको समाधान मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आज कुनै समस्या देखिए पनि समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्य समस्याले सताउन सक्छ । रोकिएका काममा दोहोर्‍याएर प्रयास गर्दा फाइदा हुनेछ । धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ ।

मकर – आज काममा सफलता मिल्ने योग छ तर जोखिमप्रति विशेष सचेत रहनुपर्ला । व्यस्तता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आज विभिन्न अवसरले पछ्याउनेछन् । प्रेमभाव र आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । विजयश्री मिल्ने छ । आनन्द बढ्नेछ ।

मीन – दिन त्यति शुभदायी नरहला । पुराना सकस्या बल्झिन सक्ने योग छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ ।