विराट एक्स्पो उद्घाटनका लागि राष्ट्रपति भण्डारी विराटनगर जाँदै

विराट एक्स्पो उद्घाटनका लागि राष्ट्रपति भण्डारी विराटनगर जाँदै


राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाँदै हुनुहुन्छ । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उद्घाटन गर्न उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार राष्ट्रपतिको सवारीलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गर्नुभएको थियो ।