आजको पञ्चाङ्ग एवम् राशिफल (१ पौष २०७९ शुक्रबार, १६ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ पौष २०७९ शुक्रबार, १६ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष १ गते तद्अनुसार सन् २०२२ डिसेम्बर १६ तारिख शुक्रबार पौष कृष्ण पक्षकोअष्टमी तिथि उत्तरा फाल्गुनी नक्षत्र आयुष्मान् योग बालव करण आनन्दादिमा शुभ योग चन्द्रमा सिंह राशिमा १०:४७ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४९ मा र सूर्यास्त साँझ १७:९ बजे हुनेछ । पौष संक्रान्ति, अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – पारिवारिक असमझदारी बढ्ने योग भए पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रेमभाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सावधान रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आरोग्यता बढ्नेछ । सेवामूलक कामबाट धनलाभ हुने दिन छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । यात्राको योग रहेको छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – दिन सामान्य छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दु:ख दिन सक्छन् । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – धन मान वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – शुभता बढ्ने तथा कार्यदक्षता बढ्नेछ । कर्ममा रुचि बढ्ला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अगाडि परिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । लगानी उठ्ला । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – आरोग्यता र पारिवारिक सुखशान्ति बढ्नेछ । तर आज अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – मनोकूलको काम बन्ने र रसरागमा रुचि बढ्ने योग भए पनि हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आजको दिन शुभता वृद्धि हुनेछ । आरोग्यता पनि बढ्नेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । मानसम्मान पनि पाइनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । पढाइलेखाइमा समय दिन नसकिएला । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनाले आज सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो धन पनि उठ्ला । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्‍याएर प्रयत्न गर्नुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – भाग्यबल बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने दिन छ । परिवारिक सुख बढ्नेछ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ । तथापि, आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दायित्व पूरा गर्नु हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । नचिताएको ठाउँमा धननाश हुने दिन छ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आरोग्यता र आनन्द बढ्नेछ । तर आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।