आजको पञ्चाङ्ग एवम् राशिफल (२ पौष २०७९ शनिबार, १७ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ पौष २०७९ शनिबार, १७ डिसेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २ गते शनिबार तद्अनुसार सन् २०२२ दिसेम्बर १७ तारिख पौष कृष्ण पक्षको नवमी तिथि हस्ता नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:४९ मा र सूर्यास्त साँझ १७:१० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन आरोग्यता वृद्धि हुनेछ । काममा सफलता प्राप्त होला । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट लाभ मिल्नेछ तर साँझदेखि इर्ष्या गर्नेहरूले फसाउन सक्छन् । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्नेछ तर अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आज विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – व्यस्तता बढ्ने र कार्यक्षमता वृद्धि हुने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – पराक्रम बढ्नेछ र अवसर पनि आउला, तर अवसरको लाभ लिन चुक्ने योग छ, सावधान रहनुहोला । काम गर्दा चुनौती आइलाग्नेछन् । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मानमहत्व बढ्ने दिन छ । आरोग्यता बढ्नेछ । आज अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । भइरहेको काम बीचैमा रोकिन सक्छ । आर्थिक मामलामा बाधा पुग्न सक्छ । सामान्य भनेर कुनै पनि काममा आज लापर्वाही नगर्नु हितकर होला । रसरागका कुरामा ध्यान जाला ।

कन्या – शुभता बढ्ने दिन छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – लगानी बढ्नेछ र आजको दिन आर्थिक कोणबाट लाभप्रद छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आयबल वृद्धि हुनेछ । शुभता बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यश वृद्धि हुनेछ ।

धनु – कर्मबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – भाग्यबल बढ्नेछ । आशा उत्साह बढ्ला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ, सावधान रहनुहोला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – जोखिम बढेपनि कार्यक्षमता वा पराक्रम वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आनन्द र आरोग्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । कार्यक्षेत्रमा आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।