आजको पञ्चाङ्ग एवम् राशिफल (३ पौष २०७९ आइतबार, १८ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ पौष २०७९ आइतबार, १८ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ३ गते आइतबार तद्अनुसार सन् २०२२ दिसम्बर १८ तारिख पौष कृष्ण पक्षको दशमी तिथि चित्रा नक्षत्र शोभन योग वणि करण आनन्दादियोगमा पद्म योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५० बजे र सूर्यास्त साँझ १७:१० बजे हुनेछ । दिशीपूजा ।

आजको राशिफल

मेष – आज आरोग्यता र आनन्द वृद्धि हुने योग छ । दिन सुखवर्द्धक रहला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ भने इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । आज तपार्इंले नसोचेको ठाउँबाट धन आर्जन गर्न सक्नुहुनेछ, प्रयत्न गर्नुहोला । साथीभाइले हरक्षण साथ दिनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आज प्रेमभाव बढ्ने र इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुने योग छ तर चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसँग झैझगडा हुन सक्छ, सचेत रहनुहोला । घरमा परपाहुना वा अतिथिको आगमन हुन सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्ला । कर्मबल बढ्नाले बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – व्यस्तता वृद्धि हुनेछ । यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक तथा अस्वाभाविक रुपले नजिक हुन खोज्नेसँग आज सावधान रहनुहोला । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन त्यति शुभदायी नदेखिनाले अलिक सावधानीपूर्वक व्यवहार गर्नु हितकर हुनेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छन् भने लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । यात्रामा भने सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन समय प्रतिकुल रहन सक्ने हुँदा नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने पर्खनु हितकर हुनेछ । काम गर्न जाँगर नलाग्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य पनि अनुकुल नरहला । आजको दिन सवारी साधन चलाउदा विशेष सावधानी अपनाउनुहोला । धनमाल हराउन सक्छ, ख्याल राख्नुहोला । चल्दै आएको साझेदारीको कार्यमा लाभ छ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – लगानी बढ्नेछ, रोकिएको काम बन्नेछ भने आकस्मिक धनको लाभ हुने योग छ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसँग लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहने दिन छ ।

वृश्चिक – आयबल बढ्नेछ तर नचिताएको खर्चको पनि योग छ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुहुनेछ । सफलताको निम्ति धैर्य र संयमले काम गर्नुहोला ।

धनु – कर्मबल बढ्नेछ । जमिनसम्बन्धी कारोबारबाट लाभ मिल्ने योग छ । आइपरेका समस्याको समाधान गर्नुहुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पढाइलेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलैसंग पूरा गर्न सकिनेछ । मनोकूलको काम बन्नेछ । रोगबाट छुटकारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।

मकर – सौभाग्य र समृद्धि बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । रोकिएका अधुरा कामहरु पूरा हुने छन् भने समस्याको हल हुने छ । गरेका कार्यहरु हतपत नबन्ने सम्भावना पनि रहेकोछ, सावधान रहनुहोला । रसरागमा रुचि बढ्ला । लेखन प्रकाशनसित सम्बन्धित कार्यमा प्रगति देखिन्छ ।

कुम्भ – आजको दिन स्वास्थ्यप्रति सजग रहनु हितकर होला । काममा जोखिम बढ्नेछ । अनावश्यक दौडधुप गर्नुपर्ला । रसरागको भाव वृद्धि हुनेछ । लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।

मीन – आजको दिन सुखकारी छ, आनन्द वृद्धि हुनेछ । आरोग्यता पनि बढ्नेछ । सवारी साधनको माध्यमले सुख प्राप्त होला । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् भने धनलाभको योग छ । मेहनतले मान-सम्मान तथा विभिन्न उपहार दिलाउन सक्छ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त होला । सामाजिक कामबाट पनि प्रशंसा प्राप्त हुनेछ । सुखी र सफल रहनुहुनेछ ।