आजको पञ्चाङ्ग एवम् राशिफल (४ पुस २०७९ सोमबार, १९ दिसम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ पुस २०७९ सोमबार, १९ दिसम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष ४ गते तद्अनुसार सन् २०२२ दिसम्बर १९ तारिख सोमबार पौष कृष्ण पक्षको एकादशीतिथि चित्रा नक्षत्र ७:२ पर स्वाती नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५१ मा र सूर्यास्त साँझ १७:१० बजे हुनेछ । सफला एकादशीव्रत ।

आजको राशिफल

मेष – आज सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । व्यापार व्यवसायमा नाफा हुने योग पनि छ । प्रेमभाव बढ्ने तथा दाम्पत्य सुख प्राप्ति होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आज समय त्यत्ति अनुकुल नरहला । आरोग्यता वृद्धि भए पनि काममा मन जाने छैन । कार्यबोझले थाकेको महसूस होला । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा हुन सक्ने देखिन्छ, सावधान रहनुहोला । केही धनको पनि नाश हुन सक्छ । काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहिरहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन मिश्रित फलदायी रहनेछ । सामाजिक काममा नाम रहने छ भने जागिरमा चाहिँ होसियार रहनुपर्ने देखिन्छ । प्रशंसकहरूले पनि आज आलोचना गर्न सक्छन् । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ तर पनि कसैसँग सानो मनमुटाव हुन सक्छ । मान सम्मान पाए पनि मनमा डर रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – काम बन्ने दिन छ । सकारात्मक कार्यमा व्यस्तता वृद्धि होला । आरोग्यता बढ्नेछ । सफलताले मन रमाएनेछ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका पनि छ । पारिवारिक सुख मिल्नुका साथै उन्नति–पदोन्नतिको सम्भावना प्रवल छ ।

सिंह – शुभता बढ्ने दिन भएकोले प्रयास गरेको कार्यमा नसोचेको लाभ मिल्न सक्छ । कार्यदक्षता र सौभाग्य बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । बोलीको प्रभाव बढ्नेछ भने आफन्तले प्रशंसा गर्नेछन । फसेको पैसा उठाउने प्रयास गरे आजको दिन सफल हुने सम्भावना प्रवल छ । कार्यगति बढ्नेछ । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । पारिवारिक सुख बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन सामान्य छ । धन वृद्धि होला, तर स्वास्थ्यमा भने आज सजगता अपनाउनुपर्नेछ । खानपानमा नियन्त्रण राख्नु हितकर होला । अनावश्यक ठाउँमा पैसा खर्च हुँदैछ, नियन्त्रणको प्रयास गर्नुहोला । व्यवसायिक क्षेत्र सफल रहने छ । अध्ययन तथा अध्यापनमा मन लगाउन निकै कठिन पर्ला, तथापि समस्याको समाधान मिल्नेछ ।

तुला – आरोग्यता वृद्धि हुने र मनोकूलको काम बन्ने दिन छ । शत्रु परास्त हुनेछन् । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । निजी काम बन्ने समय छ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन शुभदायी छ । आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउबाट पैसा आउने देखिन्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । दाम्पत्य सुख वृद्धि होला । सुख–सुविधाको बस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाइ व्यवहार गरे बेस होला ।

धनु – आय बढ्नेछ भने कार्यक्षमता पनि वृद्धि हुनेछ । रोकिएको काम बन्नेछन् । टाढाको यात्राको पनि योग छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन पनि सक्छ । बुद्धिको तारिफ हुनेछ । आम्दानी र खर्च बराबर जस्तो मात्र होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । काममा मन दिन सकेमा सफल भइने दिन छ ।

मकर – आज कर्मबल बढ्नेछ तर अरुको भर पर्दा धोका मिल्ने तथा काम बिग्रने योग छ । कतै रुपैयाँपैसा फस्न पनि सक्छ । तथापि, बौद्धिक कार्यबाट धनलाभ हुनेछ । आजको दिन स्वास्थ्य कमजोर रहला, ध्यान राख्नुहोला । सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – दिन ठिकै फल दिने खालको छ । परिवारिक सुख बढ्नेछ, तर बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनु होला । टाढाको साथीसंगको भेटघाटले मन प्रफुल्ल रहला । सोचेको काम समयमा नै पूरा गर्न ज्यादा परिश्रम गर्नुपर्ने देखिन्छ । काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सन्तानपक्षबाट सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आज धार्मिक कार्यमा ध्यान जाला । आफन्तको साथ कमै मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा भने सफलता प्राप्त होला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्षमा सुधारको महशुस हुनेछ । साझेदारीको काम बन्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।