आजको पञ्चाङ्ग एवम् राशिफल (५ पौष २०७९ मंगलबार, २० डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ पौष २०७९ मंगलबार, २० डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष ५ गते मंगलबार तद्अनुसार सन् २०२२ दिसेम्बर २० तारिख पौष कृष्ण पक्षको द्वादशी तिथि स्वाती नक्षत्र ६:५७ पर विशाखा नक्षत्र सुकर्म योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:५१ मा र सूर्यास्त साँझ १७:११ बजे हुनेछ । त्रिपुष्कर योग ६/५७ देखि २१:२६ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन भाग्यले विशेष साथ दिनेछ । परिवारिक सुख वृद्धि हुनेछ भने आयआर्जन वृद्धि हुनेछ । नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्न सक्छ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । मित्रजनको साथ मिल्नुका साथै यश वर्चश्व वृद्धि हुनेछ ।

वृष – दिन राम्रो छ । आरोग्यता र कार्यगति बढ्नेछ । आर्थिक उपार्जन वृद्धि हुनाले मन प्रसन्न रहने छ । सन्तान पक्षबाट पनि सुख-सन्तोष मिल्नेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त होला । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आर्थिक रूपले ठिकै भए पनि आजको दिन अन्य कोणबाट त्यति सुखद् नरहन सक्छ । अनावश्यक विवाद तथा त्यसै–त्यसै मनमा भय पैदा होला । हातहतियारबाट पनि जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले सावधान रहनु उचित हुनेछ । आरोग्यता वृद्धि हुनेछ भने प्रयासरत काम बन्ने देखिन्छ ।

कर्कट – आजको दिन व्यस्तता बढ्नेछ, तर प्रतिफल भने खासै राम्रो मिल्ने देखिँदैन । भ्रमणको योग छ । ब्यर्थको भ्रमणलाई टार्नु उपयुक्त होला । काममा मन नजानाले महत्वपूर्ण काम पनि अधूरै रहने सम्भावना छ । मानमा आघात पर्ने देखिन्छ, सजग रहनुहोला । नयाँ कामको सुरुवात खासै राम्रो छैन । रसरागमा भने आकर्षण बढ्नेछ ।

सिंह – दिन राम्रै छ । शुभता र पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिक कार्यहरु सफल हुनेछन भने पढाइमा पनि प्रगति होला । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ । रसराग वृद्धि हुनेछ ।

कन्या – आजको दिन राम्रैसँग बित्नेछ । अरुको विश्वास प्राप्त होला । मान–महत्व बढ्नेछ । मनोकूलको काम बन्नेछ भने प्रयासरत काममा सफलता प्राप्त होला । सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्नेछ, टाढाको यात्राबाट धनको लाभ पनि होला ।

तुला – कुनै महत्वपूर्ण काम शुरु गर्दै हुनुहुन्छ भने आज स्थगित राख्नु उपयुक्त हुनेछ । आरोग्यता बढ्नेछ, तर परिणामदायी काम सम्पन्न हुन कठिन पर्ला । अनावश्यक कुरामा धनको नाश हुन सक्छ । स्वास्थ्यले पनि साथ नदिन सक्छ, सावधान रहनुहोला । दु:ख दिनेहरु सक्रिय रहन सक्छन्, सजगता अपनाउनु हितकर हुनेछ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो बन्नेछ ।

वृश्चिक – दिन शुभदायी छ । लगानी वृद्धि हुनेछ भने आवश्यक कार्यमा खर्च पनि हुनेछ । अधुरा काम वा आँट गरेको कार्य पूरा हुने समय छ । कामहरु आज सजिलै संग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले अनायासै ठिक निर्णय हुनेछ । भ्रमण आदिमा आकर्षण बढ्ला । कर्ममा सफल साबित हुनुहुनेछ । यश वृद्धि हुनेछ ।

धनु – आजको दिन सुखद तथा मनोरञ्जनपूर्ण रहला । आयबल बढ्नेछ । काममा लागिपर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइने योग छ । आत्मविश्वास र पराक्रम वृद्धि भइ धनलाभ हुन सक्छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहला । आशा उत्साह बढ्नेछ । यात्राको पनि योग छ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कार्यक्षमता वृद्धि हुने भए पनि आजको दिन त्यति शुभ फलदायी नरहन सक्छ । निको भइसकेको रोगले पुन: सताउने योग छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ भने काममा बिघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनुपर्नेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – दिन मिश्रित फलदायी रहला । जोखिम र सङ्घर्ष वृद्धि हुनेछ । प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्, तर आज आलस्यले सताउला । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्न सक्छ । तपाईंले अरुलाई गर्नुभएको बाचा पूरा हुने दिन रहेको छ । समस्याको समाधान प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।