धादिङमा बस र माइक्रोबस ठक्कर खाँदा एकको मृत्यु, १२ जना घाइते

धादिङमा बस र माइक्रोबस ठक्कर खाँदा एकको मृत्यु, १२ जना घाइते


  • विकाश रौनियार, धादिङ

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(२ बिहानी पम्पनजिकै बस र माइक्रोबस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु. २ ख २६४४ नम्बरको बस र लमजुङको बेशीतर्फ जाँदै गरेको बा. २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोक्किएको हो । माइक्रोबसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । घाइतेहरुमा सात पुरुष र ६ जना महिला छन् ।