आजको पञ्चाङ्ग एवम् राशिफल (६ पौष २०७९ बुधबार, २१ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ पौष २०७९ बुधबार, २१ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ६ गते बुधबार तद्अनुसार सन् २०२२ दिसम्बर २१ तारिख पौष कृष्ण पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र धृति योग गर करण आनन्दादियोगमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५२ बजे र सूर्यास्त साँझ १७:११ बजे हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – दौडधुप बढ्नेछ तर लामो समयदेखि रोकिएको काम बन्ने समय छ । आजको दिन तपाईंको आयआर्जन सन्तोषजनक रहने छ, नसोचेको ठाउँबाट धन आउला । तथापि, पारिवारिक समस्या बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउँदा फरक पर्दैन । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्ने र इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुने दिन छ । सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै–त्यसै फुरुङ्ग होला, धनको पनि लाभ हुनेछ । काममा जोश–जाँगर आउनाले मन प्रफुल्ल होला । सेयरबजारका काममा पनि सफलता मिल्न सक्छ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – तपाईंको लागि आजको दिन त्यति सुखद नरहन सक्छ । खर्चको मात्रा बढ्ने देखिन्छ भने कसैसँग मनमुटाव भइ वादविवादमा पर्न सकिन्छ । अनायसै धन पनि क्षति हुन सक्छ, सावधान रहनुहोला । तथापि, साझेदारीको काममा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – प्रेमभावका साथै समृद्धि बढ्नेछ । यात्रामा सफलता प्राप्त हुने दिन छ । काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ, सचेत रहनुहोला । नोकरीमा झमेलाको सामना गनुपर्ला, तर ब्यापारमा भने लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रोकिएका काम बन्नेछन् ।

सिंह – व्यस्तता वृद्धि हुनेछ, सँगसँगै शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । मान्यजनको आगमन पनि हुन सक्छ । सोचेको काम बन्नाले मन हर्षित हुन्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ भने दिन मनोरन्जका साथ बित्नेछ ।

कन्या – सामान्यतया दिन ठिकै छ । आरोग्यता बढ्नेछ । कार्य क्षमता पनि वृद्धि होला । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । साझेदारीको कार्य बन्नेछ । हाँसविलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – धनमान वृद्धि हुने र रोकिएको काम बन्ने योग भएर पनि आज नसोचेको ठाउमा धनको खर्च हुनसक्छ । स्वास्थ्यमा पनि गडबडी आउने योग छ । खानपिनमा सावधान रहनु हितकर होला । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिनन्छ । आफन्तको सहयोग र समर्थन मिल्नेछ ।

वृश्चिक – शौभाग्य र आरोग्यबल बढ्नेछ । अधुरा काम सम्पन्न हुनेछन् भने अध्ययन–अध्यापनमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन तपाईंले सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रशंसा गर्नेहरु बढ्नेछन् भने ब्यापार ब्यावसायबाट फाइदा हुने देखिन्छ । लगानी बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आयस्रोत र समृद्धि बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई परास्त गर्ने सामथ्र्य बढ्नेछ । आशा उत्साह बढ्नेछ ।

कुम्भ – कर्मबल बढ्ने योग रहे पनि आजको दिन भौतिक साधनको क्षति हुन सक्छ । आकस्मिक खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले सताउन सक्छ । रसरागको भाव भने वृद्धि हुनेछ । सभासमारोहमा सम्मान मिल्ला ।

मीन – आज आरोग्यता बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । चिताएको काममा भने सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुहुने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तथापि आशा-उत्साहमा कमी आउने छैन । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ ।