आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पौष २०७९ बिहीबार, २२ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष ७ गते तद्अनुसार सन् २०२२ दिसम्बर २२ तारिख बिहीबार पौष कृष्ण पक्षको चतुर्दशी तिथि ज्येष्ठा नक्षत्र शूल योग भद्रा करण ०:५० पर बालव करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:५२ मा भयो र सूर्यास्त साँझ १७:१२ बजेमा हुनेछ । दिशीचह्रे पूजा ।

आजको राशिफल

मेष – आजको दिन जोखिमयुत्त, काममा हात नहाल्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने भएपनि स्वास्थ्यप्रति चिन्ता जाग्न सक्छ । बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउने हुदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । इष्टमित्र र सन्तानको साथ प्राप्त हुनेछ ।

वृष – अनौठो तरिकाबाट धन प्राप्त हुने दिन रहेको छ । आम्दानी प्रशस्तै बढ्नेछ भने नयाँ योजना पनि सिर्जना हुन सक्छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ भने आरोग्यता पनि बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुनेछ । पुराना साथीभाइसँग पनि भेट होला । भौतिक साधन जुट्नेछन्् भने नउठ्ने रकम उठ्ने दिन छ । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आज उल्लासविहीन रूपमा दिन बित्न सक्छ । परिवारजनमा असमझदारी बढ्नेछ भने मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् । छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोला । गलत विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने साथै झैझगडा पनि होला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – कामको माध्यमबाट धेरैको मन लोभ्याउन सकिनेछ । व्यस्तता र कार्यदक्षता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन र धेरैको मन लोभ्याउन सकिनेछ । नयाँ काममा भने समय मात्र बित्नेछ । नोकरीमा आज अल्छी लाग्न सक्छ । धन कमाउने अवसर मिल्नेछ । कार्यगति बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – दिन मनोरञ्जनपूर्ण रहनेछ । धन र सौभाग्य वृद्धि हुनेछ । पारिवारिक सुख शान्ति समृद्धि कायम रहला । इष्टमित्र तथा सन्तानबाट सुख प्राप्त हुनेछ । मान–सम्मान बढ्नेछ । सुखको अनुभुति हुनेछ, सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइने छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – कुनै नयाँ कामको योजना बन्न सक्छ । आज मान-महत्व वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आज परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ, तर नोकरी र राजनितीमा केही अप्ठ्याराको सामना गर्नुपर्ने छ । शुभ काममा आकर्षण बढ्नेछ । नसोचेको ठाउमा धन खर्च हुन सक्छ । सामान्य स्वास्थ्य समस्याले पनि सताउन सक्छ, होसियार रहनुहोला । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । तपाईंका अभिव्यक्तिले धेरैलाई आकर्षण गर्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । नयाँ काम पाउने योग छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । आयबल बढ्नेछ । आँटेको काम पूर्ण हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ । बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । परिवारिक सुख बढ्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसँग सन्तानबाट सुख मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – समय त्यति शुभ छैन । आफन्तको साथ कमै मिल्नेछ । अनावश्यक रुपमा खर्च बढ्ने योग छ । काममा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा रहेकाहरुले घाटा ब्यहोर्नु पर्ला । वार्तामा भने सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।