मेसी अझै एक वर्ष पिएसजीमा रहने, एम्बाप्पे क्लब फुटबलमा फर्किए

मेसी अझै एक वर्ष पिएसजीमा रहने, एम्बाप्पे क्लब फुटबलमा फर्किए


विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन् । मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए ।

३५ वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा छन् । बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोही अवस्था सिर्जना गर्न चाहन्छन् ।

यस्तै, कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।

एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन् । लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।

फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगमी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।