आजको पञ्चाङ्ग एवम् राशिफल (८ पौष २०७९ शुक्रबार, २३ डिसेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ पौष २०७९ शुक्रबार, २३ डिसेम्बर २०२२)


– अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४३वि.सं.२०७९पौष८गते शुक्रबार तद्अनुसार सन् २०२२दिसेम्बर२३तारिख पौष कृष्ण पक्षको अमावश्या तिथि मूल नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान६/५३मा भयो र सूर्यास्त सांझ१७/१२बजेमा हुनेछ । दर्शश्राद्ध,गयामौनी औंसी ।

आजको राशिफल

मेष – आजको दिन त्यति सुखद् नरहन सक्छ । मन नलागेको काममा पनि बाध्यतावश लाग्नुपर्ने हुन सक्छ । स्वास्थ्यले पनि त्यति साथ नदिने देखिन्छ । धननाश हुने योग छ । बोलीको विपरित अर्थ लाग्न सक्छ, सावधानीका साथ बोली र व्यवहार गर्नु हितकर रहला । मित्रजन एवम् सन्तान पक्षबाट खोजे जस्तो सहयोग नपाउदा मनमा पीडाको बोध हुनेछ ।

वृष – दिन शुभदायी छ । कार्यगति बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा विशेष सफलता सफलता मिल्नेछ । जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफुभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्न सके अप्रतायासित सफलता वा लाभ मिल्नेछ । तपाईंका कामको समर्थन गर्ने प्रशस्तै हुनेछन् । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान मिल्नेछ ।

मिथुन – समय राम्रै छ । कार्यक्षमता वृद्धि हुनेछ । विशेष प्रयत्न गर्दा चाहेको लक्ष्यमा पुग्न सकिनेछ । प्रयासलाई जारी राख्नु उपयुक्त होला । धन कमाउने योग छ भने काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ

कर्कट – आजको दिन स्वास्थ्यका दृष्टिले राम्रो भए पनि व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कामप्रति लगाव रहला, तर समयको गति पछ्याउन नसक्दा सफलताप्राप्ति भने चुनौतीपूर्ण रहला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिनाइ पर्नेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । नसोचेको कुरामा खर्च बढ्नेछ । रसरागको भनव वृद्धि होला ।

कन्या – दौडधुप बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम पनि बन्नेछ । समग्रमा दिन मिश्रित फलदायी रहला ।

तुला – भाग्योदयको समय हुनाले आजको दिन राम्रो छ । शुभ फलदायी कार्यमा व्यस्तता रहला । तपाईंका कामको अरुले राम्रो मुल्याङ्कन गर्नेछन् । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । बोली र व्यवहारले अरुलाई अरुलाई आकर्षित गर्न सकिनेछ, प्रशंसकहरू पनि बढ्नेछन् । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृश्चिक – दिन ठिकै रहला । आर्थिक लाभ हुने समय छ तर शुभ फलका लागि चनाखो भने रहनुहोला । अधुरो काम सम्पन्न हुने खालको दिन छ । पैतृक सम्पतीबाट लाभ हुनेछ । आज कुनै धार्मिक कार्यमा पनि सरिक हुन सक्नुहुनेछ । खेलकुद एवम् भ्रमण आदिमा आकर्षण बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – आरोग्यबल बढे पनि सहयोगको आशा देखाउनेबाट धोका मिल्नाले मन अशान्त बन्न सक्छ । विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ । साझेदारीको काम बन्नेछ । लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – लगानी बढ्नेछ । नोकरीमा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । तथापि, आशा उत्साह भने बढ्ला । यात्राको योग छ, रसराग तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – आयस्रोत बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला ।

मीन – कार्यदक्षता वृद्धि हुनेछ । नयाँ कामको लागि नयाँ अवसर आउने हुँदा दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सत्विचार आउनाले उत्साहजनक समय रहनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।